+

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

२०८३ भदौ  २९ गते १२:३५ २०८३ भदौ २९ गते १२:३५
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानमा सहकार्य गर्ने सम्झौता भएको छ।

२९ भदौ, काठमाडौं । ​जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य गर्ने सम्झौता भएको छ । देशको दुर्गम क्षेत्रमा रहेका यी प्रतिष्ठानबीच स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको हो ।

दुवैले एक आपसमा सहकार्य गरेर पिछडिएको क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार्दै विविध विषयमा संयुक्त रूपमा कार्य गर्ने प्रतिवद्धता जनाएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्साल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. सूर्यमान मेयान्ग्बोले आज सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा दुवै संस्थाले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असर र त्यसका समाधानका उपायहरूबारे अनुसन्धान गरिने कुरा सम्झौतामा उल्लेख छ । त्यसैगरी हिमाली जडीबुटीहरूको अध्ययन गर्ने, जडीबुटीबाट स्वदेशमै आधुनिक औषधि उत्पादन गर्न सकिने सम्भावनाको विषयमा पनि संयुक्त अनुसन्धान गर्ने दुई संस्थाले सम्झौता गरेका छन् ।

दुर्गम क्षेत्रको स्वास्थ्य सम्बन्धी मुद्दाहरूमा संयुक्त अनुसन्धान सञ्चालन गरी स्वास्थ्य सेवा, स्वास्थ्य संरचना सुधार, जनशक्ति व्यवस्थापनमा निरन्तर सहकार्य गर्ने समेत सम्झौतामा उल्लेख छ।

त्यसैगरी, दुवै संस्थाका प्राविधिक र प्रशासनिक जनशक्तिको एक अर्काको आवश्यकता अनुसार आदानप्रदान गरी सेवा प्रवाह, तालिम, शैक्षिक गतिविधि र अनुसन्धानका क्रियाकलापहरू सूचारू गर्न सहज बनाउने प्रतिवद्धता समेत सम्झौतामा गरिएको छ।

सम्झौताले पिछडिएको क्षेत्रको स्वास्थ्य सेवालाई सुधार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सफल पार्न सहयोग पुग्ने विश्वास दुवै प्रतिष्ठानका पदाधिकारीहरूले व्यक्त गरे ।

 

अनुसन्धान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय