Comments Add Comment

शैलुङ र युनाइटेड निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी

७ असोज, काठमाडौं । सरकारले शैलुङ-दिवा जेभी र युनाइटेड बिल्डर्ससहित विभिन्न सडक निर्माणमा ढिलाइ गर्ने ठेकदार कम्पनीलाई कालोसूचीमा किन नराख्ने भन्दै स्पष्टीकरण सोधेको छ । सडक निर्माणमा ढिलाइ भएपनि काठमाडौं सडक विस्तार आयोजना र सडक डिभिजन कार्यालय हेडौंडाले विभिन्न निर्माण कम्पनीसँग स्पष्टकीरण सोधेका हुन् ।

ललितपुरको ढोलाहिटी-सुनकोठी सडकको एक खण्डमा दिवा-शैलुङ जेभीले विस्तार गर्ने जिम्मा पाएको छ । यो सडक नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं बसेको घर हुँदै जाने सडक हो । सो घर शैलुङ कन्स्ट्रक्सनका सञ्चालक सारदाप्रसाद अधिकारीकै हो ।

यो खण्डको ठेक्का लागेको ५ वर्ष बढी भयो । प्रचण्ड सो घरमा बस्न गएपछि शैलुङले प्रचण्ड बसेको घरसम्म बाटो बनायो । तर ढोलाहिटीतर्फको सडक त्यतिकै छोडिदियो ।

काठमाडौं सडक विस्तार आयोजनाले ठेक्का लगाएको यो सडक खण्ड रुग्ण अवस्थामा पुग्दा पनि शैलुङले काम सक्न पटक्कै चासो दिएको छैन ।

त्यसैगरी चाबहिल-साँखु सडक निर्माणको जिम्मा पाएको युनाइटेड बिल्डर्सलाई पनि आयोजनाले कालोसूचीमा राख्ने चेतावनी दिएको हो । यो शाकुन्तलाल हिराचनको कम्पनी हो ।

चाबहिल साँखु सडक पनि विगत ७ वर्षदेखि विस्तारकै क्रममा अलपत्र छ । काममा ढिलासूस्ती हुँदा पनि सरकारदले ठेकेदारलाई उन्मुक्ति दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment