Comments Add Comment

दक्षिण कोरियाका राष्ट्रपतिले भने- उत्तरसँग हटलाइन सेवा पुनः सुरु गरौं

१२ असोज, काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपति मून जाइ इनले उत्तर कोरियासँगको सैन्य हटलाइन सेवा सुरु गरिनुपर्ने बताएका छन् । केही दिनअघि उत्तर कोरियाली सेनाले एक दक्षिण कोरियाली अधिकारीको गोली हानी हत्या गरेसँगै यस किसिमका घटना दोहोरिन नदिन पनि हटलाइन सेवा सुरु गर्नुपर्ने दक्षिण कोरियाका राष्ट्रपतिले बताएका हुन् ।

हटलाइन सेवा सुरु भएसँगै यसरी हराएका मानिसहरुको खोजी तथा उद्धारको काममा सहयोग पुग्ने मूनको भनाइ छ । सोमबार वरिष्ठ सेक्रेटरीहरुसँगको बैठकमा मूनले यस्तो बताएका हुन् ।

अहिले दुवै मुलुकका सेनाले गोली हानी मारिएका दक्षिण कोरियाली अधिकारीको शव खोजिरहेका छन् । सोमबार दक्षिण कोरियाली अधिकारीहरुले अहिले हराएका अधिकारीको खोजीकार्य तीव्र पारिएको बताएका छन् । यद्यपि उत्तर कोरियाले आफ्ना अधिकारीको शव खोज्ने नाममा आफ्नो क्षेत्रमा प्रवेश नगर्न चेतावनी दिएको छ ।

दक्षिण कोरियाले उत्तर कोरियाली सेनाले आफ्ना अधिकारीको हत्या गरेर जलाएको आरोप लगाएका छन् । उत्तर कोरियाले यसअघि नै दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति माफी मागिसकेको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियालाई पठाएको पत्रमा उक्त घटनालाई ‘नहुन पर्ने घटना’ भएको उल्लेख गरिएको थियो ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment