+
+
Shares

सस्तोडिलद्वारा अनलाइन सपिङ मेला ‘बिग डिल एट सस्तोडिल’ घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २८ गते १३:४७

२८ असोज, काठमाडौं । काठमाडौं ।नेपालको अग्रणी स्थानीय ई-कमर्स सस्तोडिल डटकमले दशैंको अवसर पारेर ‘बिग डिल एट सस्तोडिल’ अफर ल्याएको छ । असोज २७ गतेदेखि कात्तिक १ गतेसम्म चल्ने अफरमा उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने सस्तोडिलका संस्थापक अमुन थापाले बताए।

सस्तोडिलको अफर अनलाइन सपिङ माध्यमको सबैभन्दा ठूलो मेला भएको थापाले बताए। यसले देशभरका विक्रेताहरुको उत्पादनहरुलाई एउटै प्लेटफर्ममा सामेल गर्नेछ । विभिन्न आकर्षक अफरसँगै निशुल्क होम डेलिभरी गरिने थापाले जानकारी दिए ।

पछिल्लो समय बजारमा रुचाइएका र उत्कृष्ट
३० भन्दा बढि उत्पादनहरू समावेश गरिनेछ बताइएको छ। पुरुष तथा महिलाको फेसन, स्मार्टफोन र ट्याबलेटहरू, घरायसी उपकरण, साङ्गीतिक उपकरणहरू लगायतका उत्कृष्ट उत्पादनहरू उपभोक्ताले फेला पार्न सक्षम हुने थापाले जानकारी दिए ।

ड्रपिङ डिस्काउन्ट:
यो अफर सपिङ मेलाको सबैभन्दा आकर्षण मानिएको छ जस अन्तर्गत ३० भन्दा बढि लोकप्रिय ब्रान्डका सामान ८० प्रतिशत सम्म छुट व्यवस्था छ ।

फ्ल्यास सेल र विशेष ब्रान्ड:
हरेक दिन सस्तोडिलमा ५ वटा फ्ल्यास सेलमा भारी छुटका साथ सार्वजनिक गर्नेछन् । विशेष ब्रान्ड सम्झौतामा केटीएम सिटि, अन्ता, टाइटन, मिचा, नाइके, स्किचर्स, क्यालिबर, बल्ट्रा, सामसुङ, सीजी इलेक्ट्रोनिक्स, एलजी लगायत अन्य ब्रान्डहरूका उत्पादनहरु सामेल हुनेछन् । यो अफर असोज २७ गतेदेखि कात्तिक १ गते सम्म लागु हुनेछ ।

लक्की ड्र र गिफ्ट ह्याम्पर:
उपभोक्ताले लक्की ड्र मार्फत एसडी स्क्र्याच कार्डका विभिन्न गिफ्ट पाउनेछन् । ग्राहकहरूले हरेक डेलिभरीको साथ एक स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । जस अन्तर्गत उपभोक्ताले १० हजार रुपैयाँ बराबरको छुट र ४९ इन्चको मारक्यु टिभीे बम्पर पुरस्कार पाउनेछन् । लक्की ड्र हरेक दिन गरिने बताइएको छ ।

उपभोक्ताहरुले हरेक दिन १२ वा सो भन्दा बढि उपहार जित्न अवसर पाउनेछन् । उपहारमा स्मार्टफोन र स्मार्ट ग्याजेटहरू समावेश छन् । यो योजनामा ग्राहकरुले अर्डर गरेपछि स्वचालित रूपमा त्यस विशेष दिनको लक्की ड्रमा ग्राहकहरु समाबेस हुनेछन् । अर्डर गरेको भोलिपल्ट सस्तोडिलको अफिसियल फेसबुक पेजबाट ७ बजे लाइभ मार्फत उपहार खोलिने बताइएको छ।

अन्य छुट भौचरहरू:
ग्राहकहरूले सस्तोडिलको वेबसाइटबाट खरिद गर्दा ५ हजारभन्दा बढिको छुट उपलब्ध हुनेछ । यी अतिरिक्त छुटको मज्जा लिन ग्राहकहरूले ‘चेकआउट’ पृष्ठमा छुट कोड भर्नु पर्नेछ । जुन छुट रकम स्वचालित रूपमा कुल रकमबाट घटाइनेछ ।

क्यासब्याक अफर:
सस्तोडिलले मोबाइल वालेट आईएमई पे र बैंकहरू एनआईसी एशिया, एचबीएल, एनएमबी बैंक, एनआईबीएल र सनिमा बैंकसँगबाट भुक्तानी गरेको खण्डमा २५ प्रतिशत सम्म क्यास ब्याक दिने बताइएको छ ।

आफ्नो मनपर्ने उत्पादनहरूमा छुटको लागि पर्खिरहेका ग्राहकका लागि सस्तोडिलको अनलाइन मेला आकर्षणको केन्द्र हुने बताइएको छ। कोभिड १९ का कारण सुरक्षा सावधानी अपनाउँदै घरै बसेर सपिङ गर्न चाहने ग्राहकका लागि सस्तोडिल उत्कृष्ट गन्तव्य बनेको थापाले बताए।

सस्तोडिलको अनलाइन मेलाले केवल ठूला ब्रान्ड मात्र होइन साना र मध्यम व्यवसायका आकर्षक उत्पादनहरू पनि ल्याउने र उनिहरुको ब्यवसायको प्रवर्द्धनमा सघाउने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?