Comments Add Comment

बहराइनका राजकुमारले चढे मनास्लु हिमाल

मनास्लु हिमालमा बहराइनको टोली । तस्वीर सौजन्य : सेभेन समिट ट्रेक्स

२९ असोज, काठमाडौं । बहराइनका राजकुमारसहितको टोलीले मनास्लु हिमाल पनि सफलतापूर्वक आरोहण गरेको छ ।

बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण गरेको हो ।

आरोहणको व्यवस्था मिलाएको सेभेन समिट ट्रेक प्रालिका सन्चालक समिति सदस्य पासाङ शेर्पाले अनलाइनखबरसँग भने, ‘बहराइनका राजकुमारसहितको टोलीले आज बिहान मनास्लु हिमाल पनि सफलतापूर्वक आरोहण गरेको छ । तर कति जना चुचुरोमा पुगे भन्ने विवरणचाहिँ आउन बाँकी छ ।’

पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार बहराइनको टोलीका १८ जनामध्ये १४ जना आरोही र तीन जना शेर्पा मनास्लुको चुचुरोमा पुगेका छन् ।

मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । यसको उचाइ ८ हजार १५६ मिटर छ ।

राजकुमार मोहमद हमदले यसअघि १७ असोजमा रोयल फोर्स टोलीका साथ ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि आरोहण गरेका थिए ।

१५ जना बहराइन र ३ जना बेलायतीसहित हिमाल आरोहण गर्न गत भदौ ३१ गते नेपाल आएको बहराइनको टोलीले नेपाल सरकारबाट मनास्लु र लोबुचु हिमाल आरोहणको अनुमति पाएको थियो । आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक प्रालिले मिलाएको छ ।

मनास्लु आरोहणमा बिख्यात आरोही एवम् सेभेन समिटका मिङ्मा शेर्पा, टासी शेर्पासहितको टोली छ ।

बहराइनको राजकुमारसहितको यो टोली आगामी बसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्व तयारीमासमेत रहेको सेभेन समिट ट्रेकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment