Comments Add Comment

मार्सेइमाथि सिटीको सहज जित

१२ कात्तिक, काठमाडौं । म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिगको समूह चरणमा मार्सेइमाथि सहज जित हात पारेको छ । मंगलबार राति भएको खेलमा सिटीले फ्रान्सेली क्लब मार्सेइमाथि ३-० गोल अन्तरको जित निकालेको हो ।

मार्सेइको घरेलु मैदानमा भएको खेलमा सिटीले १८ औं मिनेटमा फेरन टोरेसको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको ७६ औं मिनेटमा गुन्डोगानले अग्रता दोब्बर बनाए भने ८१औं मिनेटमा राहम स्टर्लिङले जित सुनिश्चित गरे ।

लगातार दुई जितका साथ सिटी ६ अंकसहित समूह सीको शीर्ष स्थानमा छ । अब उसले नोभेम्बर ३ मा ओलम्पिकाससँग खेल्नेछ, जो ३ अंकसहित तेस्रो स्थानमा छ ।

एफसी पोर्टोको पनि समान ३ अंक छ गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । मार्सेइ भने अंकविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment