
काठमाडौं । च्याम्पियन्स लिगमा फेरेन्सभारोसमाथि ५–१ को जित हात पारेकै दिन बार्सिलोनाले चार खेलाडीको सम्झौता नविकरणको घोषणा गरेको छ ।
बार्सिलोनाले जेरार्ड पिके, मार्क आन्द्रे टेर स्टेगन, फ्रङ्की डी जोङ र क्लेमेन लेङलेटको सम्झौता नविकरण गरेको हो ।
पीके २०२४ सम्म क्लबमा रहनेछन् । उनको रिलिज क्लज ५०० मिलियन युरो राखिएको छ । सम्झौता अवधिभर रहे उनी ३७ वर्षका हुनेछन् ।
गोलकिपर ने स्टेगन २०२५ सम्म रहनेछन् । उनको रिलिज क्लज पनि ५०० मिलियन युरो छ । २०१४ मा बोरुसिया मोनचाङ्लेबाखबाट बार्सिलोना आएका उनको पछिल्लो सम्झौता २०२२ सम्म थियो ।
डी जोङ र लेङलेट २०२६ सम्म बार्सिलोनामा रहेछन् । सम्झौतामा लेङलेटको रिलिज क्लज ३०० मिलियन युरो र डी जोङको ३०० मिलियन युरो राखिएको छ ।
लेङलेट २०१८ मा सेभियाबाट र डी जोङ अयाक्सबाट २०१९ मा बार्सिलोना आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4