+

बार्सिलोना अध्यक्ष बार्टोमेउले दिए राजीनामा

२०७७ कात्तिक  १२ गते ११:३६ २०७७ कात्तिक १२ गते ११:३६
बार्सिलोना अध्यक्ष बार्टोमेउले दिए राजीनामा

१२ कात्तिक, काठमाडौं । स्पेनस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पदबाट राजीनामा दिएका छन् । तर जाँदाजाँदै उनले बार्सिलोनाले युरोपियन सुपर लिगको प्रस्ताव स्वीकार गरेको खुलासा गरेका छन् ।

बार्टोमेउ सन् २०१४ देखि क्लबको अध्यक्ष थिए । सान्ड्रो रोसलले राजीनामा दिएपछि कार्यबाहक अध्यक्ष बनेका उनी २०१५ मा अध्यक्ष चुनिएका थिए ।

दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने प्रावधानका कारण उनले आगामी मार्चमा पद छाड्नुपर्ने थियो । तर पछिल्लो समय बार्सिलोनाका स्टार लिओनल मेस्सीले क्लब छाड्ने इच्छा देखाएपछि अध्यक्ष बार्टोमेउ संकटमा परे।

उनलाई अध्यक्षबाट हटाउन २० हजारभन्दा बढी क्लब सदस्यले हस्ताक्षर गरेका छन् । आगामी नोभम्बर १ र २ मा भोट अफ नो कन्फिडेन्सको मतदान गर्ने प्रस्ताव छ ।

तर बुधबार अध्यक्ष बार्टोमेउ र सिंगो बोर्ड अफ डाइरेक्टर्सले संयुक्तरुपमा राजीनामा दिएका छन् ।

जाँदाजाँदै उनले भविष्यमा क्लबलाई आर्थिक मदत होस् भनेर युरोपियन सुपर लिगमा सहभागी हुने प्रक्रिया सुरु गरेको बताएका छन् । तर यो लिग प्रस्तावित चरणमा छ ।

ला लिगाका अध्यक्ष जेभियर टेबसले भने बार्टोमेउको दाबीमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘यसले फुटबल उद्योगबारे उनको अज्ञानतालाई पुष्टि गर्छ ।’

बार्सिलोना राजीनामा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय