Comments Add Comment

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

१४ कात्तिक, काठमाडौं । काभ्रे, सिन्धुपाल्चोक र म्याग्दीमा शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

काभ्रेको रोशी गाउँपालिका–११ डालाबेंसीस्थित वीपी राजमार्गमा ज.१२ प ८३९१ नम्बरको मोटरसाइकल र ना.१ ज ७७५० नम्बरको जिप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार धनुषा लक्ष्मीनिया गाउँपालिका–२ का २३ वर्षीय नवीनकुमार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ आलमपुरस्थित सडकमा बा.६० प २६०२ नम्बरको मोटरसाइकल शुक्रबार बिहान अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खस्दा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रेमबहादुर सापकोटाको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै म्याग्दीको बेनी नगरपालिका–८ जलेश्वरस्थित सडकमा ग.१ ज ८९६ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल कालिगण्डकी नदी किनारमा खस्दा जिपमा सवार अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी बस्ने १२ वर्षीया रिया बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी चालक समेत गरी जिपमा सवार ११ जना घाइते भएका छन् । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment