+
+
Shares

चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते

दुर्घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली परिचालन गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किँदा ११ जना घाइते भएका छन्।
  • सर्लाहीदेखि काठमाडौं आउँदै गरेको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको माइक्रोबस बिहान ८:४५ बजे दुर्घटनामा परेका हुन्।
  • उद्धारका लागि सशस्त्र प्रहरी बलको ६६ जनाको टोली परिचालन गरिएको छ र घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल तथा ट्रमा सेन्टर लगिएको छ।

१० कात्तिक, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।

दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस आज बिहान ८:४५ बजे एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली परिचालन गरिएको छ ।

घाइतेहरूलाई स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?