+
+
Shares

काठमाडौंमा अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन हुँदै, १५ देशका वैज्ञानिक सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते ९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १५ देशका १५० भन्दा बढी वैज्ञानिक, अनुसन्धानकर्ता र संरक्षणकर्मीको सहभागितामा नोभेम्बर १८ देखि २० सम्म काठमाडौंमा अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन हुने भएको छ।
  • त्रिभुवन विश्वविद्यालय, अन्नपूर्ण रिसर्च सेन्टर र आईएसएचएसको संयुक्त आयोजनामा बुढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा ४६ मौखिक र १६ पोस्टर प्रस्तुति हुनेछन्।
  • प्रा. डा. विजया पन्तका अनुसार सम्मेलनमा सुनाखरीको संरक्षण, प्रवर्द्धन प्रविधि, फाइटोकेमिस्ट्री, औषधीय प्रयोग र दिगो व्यावसायिक उपयोगबारे छलफल हुनेछ।

१० कात्तिक, काठमाडौं । १५ देशका वैज्ञानिक र संरक्षणकर्मीहरुको सहभागितामा काठमाडौंमा अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन आयोजना हुने भएको छ । आगामी नोभेम्बर १८ देखि २० सम्म अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन हुन लागेको हो ।

‘अर्किड्स फर प्रोस्पेरिटी’ अर्थात् ‘समृद्धिका लागि सुनाखरी’ नारासहित आयोजना हुने सम्मेलनमा १५ भन्दा बढी देशका १५० भन्दा बढी वैज्ञानिक, अनुसन्धानकर्ता, प्राज्ञ, संरक्षणकर्मी तथा बागवानी विज्ञ सहभागी हुने आयोजकले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको वनस्पतिशास्त्र केन्द्रीय विभाग, काठमाडौंस्थित अन्नपूर्ण रिसर्च सेन्टर र बेल्जियमस्थित इन्टरनेसनल सोसाइटी फर हर्टिकल्चरल साइन्स (आईएसएचएस) को संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।

काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने तीनदिने सम्मेलनमा ४६ वटा मौखिक वैज्ञानिक प्रस्तुति र १६ वटा पोस्टर प्रस्तुति समावेश हुनेछन् ।

सम्मेलन संयोजक प्रा. डा. विजया पन्तका अनुसार कार्यक्रममा सुनाखरीको जैविक विविधता संरक्षण, प्रवर्द्धन प्रविधि, फाइटोकेमिस्ट्री, औषधीय प्रयोग तथा यसको दिगो व्यावसायिक उपयोगका विषयमा छलफल हुनेछ ।

सम्मेलन सुनाखरीको अनुसन्धान, जैविक विविधता संरक्षण र व्यावसायिक प्रवर्द्धनमा केन्द्रित हुनेछ । उनले अनलाइनखबरसँग भनिन्, ‘यस कार्यक्रमले सुनाखरी सम्बन्धी अनुसन्धानका पछिल्ला उपलब्धि आदानप्रदान गर्नुका साथै यसको संरक्षण, प्रविधिको विकास र दिगो व्यावसायिक उपयोगका सम्भावना पहिल्याउन सहयोग पुर्‍याउने विश्वास छ ।’

साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताबीच वैज्ञानिक सहकार्य र ज्ञान आदानप्रदानका लागि पनि सम्मेलनले महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।

यसले अनुसन्धानको प्रसार, अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि र अर्किडमा आधारित उद्यमको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्मेलनका अवसरमा पहिलो अर्किड एक्स्पो र अर्किड कला कार्यशालासमेत आयोजना गरिनेछ । एक्स्पो तथा कार्यशालामार्फत अर्किडको विविधता, सौन्दर्य र व्यावसायिक सम्भावनालाई उजागर गरिनेछ ।

सुनाखरीलाई सुनगाभा वा अर्किड नामले पनि चिनिन्छ । सुनाखरी फूल सौन्दर्य सामग्री तथा औषधि बनाउन पनि प्रयोग हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?