+
+
Shares

गेस्ट हाउसबाट ब्राउन सुगरसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते ९:०४

१० कात्तिक, काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा  पाँचथरको फालेलुङ- ५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन् ।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार काठमाडौं महानगरपालिका -३२ स्थित विश्राम गेस्ट हाउसबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

गए राति सशस्त्र प्रहरीको टोलीले उनीहरूको साथबाट १ सय २० ग्राम ब्राउन सुगर सहित उनीहरूलाईज्ञ नियन्त्रणमा  लिएको उनले बताए ।

उनका अनुसार गेस्ट हाउबाट ब्राउन सुगर बिक्री गरिरहेका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?