+
+
Shares

धरानमा ब्राउनसुगरसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १०:२१

२६ वैशाख, सुनसरी । ब्राउन सुगर कारोबार गरेको आरोपमा प्रहरीले धरानको एक होटलबाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको मेलम्चीनगरपालिका–४ बांसखर्क घर भई काठमाडौंको गोकर्णेस्वर नगरपालिका–६ बस्ने २० वर्षीय सन्देश तामाङ, काभ्रेपलान्चोक नगरपालिका–३ ठांटी घर भई काठमाण्डौको कागेस्वरी नगरपालिका–६ बस्ने २२ वर्षीय समिर दियाली र झापाको विर्तामोड नगरपालिका–६ नयाँ बसपार्क बस्ने २८ वर्षीय क्षितिज भण्डारी रहेका छन् ।

उनीहरुलाई कोशी प्रदेश कार्यालय विराटनगर पिटिआई, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटेका संयुक्त टोलीले शुक्रबार राति कोठा छापामा मारेर पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ३६ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । उनीहरुलाई धरान नगरपालिका–९ बगैचालाइनस्थित रत्न इन होटलको कोठा नम्बर ७ बाट शुक्रबार राती पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले ब्राउन सुगुर कारोवारमा प्रयोग गरेको बागमती प्रदेश ०२–०२७ प ३२८१ र बागमती प्रदेश ०२–०४३ प ४८८२ नम्बरको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?