+
+
Shares

बोदेबरसाइनबाट ब्राउन सुगर प्रयोगको आरोपमा पक्राउ परेकाहरु हाजिरी जमानीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते ७:३०

४ साउन, सप्तरी । सप्तरीको बोदेबरसाइन बजारबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्रयोग गरेको आरोपमा पक्राउ परेका सबै ६ जना हाजिरी जमानीमा रिहा भएका छन् ।

इलाका प्रहरी कार्यालय बोदेबरसाइनको टोलीले शनिबार राति करिब ११ बजे बोदेबरसाइन बजार क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका सबैलाई आइतबार कानुनी प्रक्रिया पूरा गरी हाजिरी जमानीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय कडबोनाका प्रहरी निरीक्षक श्यामणी पोखरेलले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरू ब्राउन सुगरका प्रयोगकर्ता रहेको देखिएकाले उनीहरूको नाम गोप्य राखिएको छ । आवश्यक परेका बेला उपस्थित हुने सर्तमा कानुनी प्रक्रिया पूरा गरी हाजिरी जमानीमा रिहा गरिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार लागुऔषधको ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूको खोजी, निगरानी र नियन्त्रणका लागि जिल्लाभर अभियानलाई निरन्तरता दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?