Comments Add Comment

कोरोना संक्रमितको उपचार : स्वास्थ्यमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा

१७ कात्तिक, काठमाडौं । कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयलाई लिएर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको छ ।

अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा १५ असोजको फैसलाको उल्लंघन भएको जिकिर गरिएको छ ।

सर्वोच्चले १५ असोजमा कोभिड–१९ सँग सम्बन्धित प्रवर्धनात्मक, प्रतिकारात्मक, निदानात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक सबै कार्य निःशुल्क गर्न परमादेश जारी गरेको थियो ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ कात्तिकमा मन्त्रिपरिषद्को १९ असोजको निर्णयअनुसार भन्दै बिपन्न, असहाय, अति अपाङ्गगता भएका, ७० वर्ष नाघेका जेष्ठ नागरिक र फ्रन्टलाइनरमा लक्षण भए परीक्षण र उपचार निःशुल्क गर्ने अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको थियो । त्यसअनुसार अहिले सरकारी अस्पतालहरुले समेत धमाधम धरौटी रकम जम्मा गराउन थालेका छन् ।

यसले सर्वोच्चको परमादेश उल्लंघन भएको भन्दै रिटमा स्वास्थ्यमन्त्रीलाई अदालतको अवहेलनामा अधिकतम एक वर्ष कैद र १० हजार जरिवाना गर्न माग गरिएको छ ।

साथै १५ असोजको परमादेश तरुन्त कार्यान्वयनका लागि आदेश दिन माग गरिएको छ ।

यो पनि पढ्नुहोस कोरोना परीक्षण नि:शुल्क गर्ने आदेशविरुद्ध सरकारले दियो पुनरावलोकन निवेदन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment