Comments Add Comment

आईपीएलको फाइनलसम्म पनि सन्दीपले पाएनन् अवसर

२५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणको उपाधिका लागि मंगलबार साविक विजेता मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिड्दैछन् ।

फाइनलमा दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाली युवा लेग स्पीनर सन्दीप लामिछानेले भने दिल्ली फाइनल पुग्दासम्म कुनै खेल खेल्न पाएनन् । अहिलेसम्म दिल्लीले खेलेका लिगको १२ र प्लेअफको २ गरी कुल १६ खेल सन्दीपले बेन्चबाटै हेरे । फाइनल अर्थात दिल्लीको १७ औं खेलमा पनि सन्दीप बेन्चमै रहने भएका छन् ।

दोस्रो क्वालिफायरमा सनराइजर्ज हैदरावादलाई पराजित गरेको प्लेइङ ११ लाई नै दिल्लीले फाइनलमा निरन्ततरता दिएको छ ।

उता सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले भने टिममा सामान्य परिवर्तन गरेको छ । स्पीनर राहुल चाहरको स्थानमा जयन्त यादवले फाइनलमा स्थान बनाएका छन् । छैटौं पटक फाइनल पुगेको मुम्बई पाँचौ पटक उपाधि जित्ने तयारीमा रहँदा पहिलो पटक फाइनल पुगेको दिल्ली उपाधि जित्दै अर्को इतिहास रच्न चाहन्छ ।

मुम्बईका कप्तान रोहित शर्माले आईपीएलमा मंगलबार २०० औं खेल खेल्दैछन् । उनी २०० औं आईपीएल खेल खेल्ने दोस्रो खेलाडी बन्दैछन् । यसअघि चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले उक्त उपलब्धी हासिल गरिसकेका छन् । धोनीले २०४ खेल खेलिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment