Comments Add Comment

बिहार विधानसभा मतगणना : नितिश कुमारले तेजस्वीलाई उछिने

२५ कात्तिक, काठमाडौं । बिहार विधानसभा चुनावको मतगणना जारी छ । गणनाको प्रारम्भिक नतिजामा भारतीय जनता पार्टी (भाजपा) र लालुप्रसाद यादवको पार्टी राष्ट्रिय जनता दल (राजद) बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

२०० सिटको रुझान सार्वजनिक हुँदा राजद ५७ सिटमा र भाजपा ५४ सिटमा अगाडि देखिएका छन् । यसैगरी जनता दल युनाइटेडले ४२ र कांग्रेसले १७ सिटमा लिड गरिरहेका छन् ।

कोरोना महामारीका बीच बिहार विधानसभाका २४३ सिटका लागि तीन चरणमा मतदान भएको थियो । चुनावमा बहुमत प्राप्त गर्नका लागि कम्तीमा १२२ सिट जित्नुपर्छ ।

नितिश कुमार विगत १५ वर्षदेखि बिहारको मुख्यमन्त्री छन् र लगातार चौथो कार्यकालका लागि चुनावी मैदानमा छन् । ६९ वर्षीय नितिश कुमारका प्रतिस्पर्धीको रुपमा राष्ट्रिय जनता दल (राजद)का उम्मेदवार ३२ वर्षीय तेजस्वी यादव छन् । तेजस्वी लालुप्रसाद यादवको छोरा हुन् ।

गणनाको सुरुमा तेजस्वी नितिश कुमारभन्दा अगाडि देखिए पनि अहिले फेरि नितिश कुमारले उछिनेका छन् । एक मत सर्भेक्षणले तेजस्वीले यस पटकको चुनावमा नितिश कुमारलाई हराउने देखाएको थियो ।

सन् २०१५ को चुनावमा राजद, जनता दल युनाइटेड (जदयु) र कांग्रेस मिलेर महागठबन्धन बनाई चुनाव लडेका थिए । त्यतिबेला यो गठबन्धनले १७८ सिट जितेको थियो । तर डेढ वर्षपछि नै नितिश कुमारको पार्टी जदयु अलग भएर भाजपासहितको एनडीए गठबन्धनमा जोडिएको थियो ।

निर्वाचन आयोगका अनुसार यस पटकको चुनावमा ५७.०५ प्रतिशत मत खसेको छ, जुन सन् २०१५ मा भएको चुनावभन्दा ५६.६६ प्रतिशतले बढी हो ।

बिहार विधानसभाको वर्तमान कार्यकाल आगामी २९ नोभेम्बरबाट सकिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment