Comments Add Comment

‘लुट २’पछि निश्चलको ‘जिन्दाबाद’

नेपाली चलचित्र क्षेत्रलाई नयाँ बाटोमा डोर्याउने श्रेय निर्देशक निश्चल बस्नेतलाई जान्छ । चलचित्र ‘लुट’ बन्नु अगाडि संकटकाल लगाउने तयारीमा चलचित्र क्षेत्रका विभिन्न संस्था लागेका थिए । तर, यो चलचित्रले संकटकालको अवस्थालाई मात्र टारेन, चलचित्र क्षेत्रलाई नै नयाँ मोडमा ल्यादियो । यसपछि, सेलिब्रिटी बनेका थिए निर्देशक बस्नेत । निर्देशकको नामबाट नै चलचित्र चल्छ भन्ने उदाहरण पस्कन उनी सफल भए ।

निश्चलले ‘टलकजंग भर्सेस टुल्के’बाट पनि तारिफ कमाएका हुन् । तर, ‘लुट २’मा उनी चिप्लिए । यो चलचित्रमा चिप्लिएपछि उनी चलचित्रमा आइटम नृत्य गर्न व्यस्त भए । यो समयमा त उनलाई ‘डान्सर’ पनि भन्न थालिएको थियो ।

निश्चलले चलचित्रमो आइटम नृत्य गर्ने, अभिनय गर्ने काम गर्र्दै गर्दा आफूले अरु निर्देशकबाट धेरै कुरा सिकेको पनि बताएका थिए ।

उनै, निर्देशक अब चलचित्र ‘जिन्दाबाद’बाट निर्देशनमा फर्किदैछन् । यो चलचित्रलाई सफल लेखक बुद्दिसागरले लेखेका हुन् । ‘कर्णाली ब्लूज र फिरफिरे’का लेखक वुद्दिसागरको कथाले निश्चललाई पगालेको छ । उनी, आफूले खोजे जस्तै कथा पाएको भन्दै चलचित्र बनाउने उत्साहित छन् ।

कोरोना कहरका कारण चलचित्र क्षेत्र अस्तव्यस्त छ । अब, चलचित्रको बजार कुन तरिकाले अगाडि बढ्छ भन्ने विश्लेषण बलियो रुपमा चलचित्रकर्मीले गर्न सकेका छैनन् । यस्तो, अवस्थामा ‘लुट’ चलचित्रबाट चलचित्र क्षेत्रलाई नै बदलेका निश्चलको फेरि ‘जिन्दाबाद’ निर्माण नहुँदै प्रतिक्षामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment