
२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने तयारी भएको छ ।
प्रधानमन्त्री ओली भोलि किमाथाङ्का जाने तयारी भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्न प्रधानमन्त्री ओली किमाथाङ्का जाने भएका हुन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली उपत्यकाभित्रका कार्यक्रमहरुमा सहभागी हुँदै आए पनि राजधानी बाहिर भने गएका छैनन् ।
कात्तिक २३ गते वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य गजबले सुधार भएको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4