+
+
Shares

सुसाइड नोट लखेर हराएका डाक्टर काभ्रेमा भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते १३:३०

२५ कात्तिक, काठमाडौं । सुसाइड नोट लेखेर भक्तपुरबाट बेपत्ता भएका डाक्टर काभ्रेमा भेटिएका छन् । राधेराधेबाट हराएका दन्तरोग विशेषज्ञ डा. दिगम्बर झा काभ्रेको भुम्लु गाउँपालिका-१० स्थित अरनिको राजमार्गमा भेटिएका हुन् ।

आफन्तले टिपाएको बा१६च ८६७९ नम्बरको कारलाई देखेपछि स्थानीय प्रहरीले उनलाई भेटेको महानगरीय प्रहरी परिसर, भक्तपुरका डीएसपी दीपक गिरीले अनलाइनखबरलाई बताए ।

‘झोकराएर बसेको अवस्थामा फेला पारिएको भन्ने खबर आएको छ’, गिरीले थपे, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

डा. झाको राधेराधेमा द डेन्टल सिटी नामक क्लिनिक थियो ।

फेसबुकमा सुसाइड नोट राखेर उनी मंगलबार बिहान करिब ५ बजेबाट बेपत्ता भएका थिए । त्यसक्रममा प्रहरीले प्राविधिक अनुसन्धान गरेर उनको खोजी थालेको थियो ।
उनको मोबाइल काभ्रे क्षेत्रमा सक्रिय देखिएपछि खोजीलाई त्यसतर्फ केन्द्रीत गरिएको थियो ।

उनको परिवारमा राम्रो सम्बन्ध नभएको बुझिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?