+
+
Shares

ओलीलाई प्रचण्डको प्रस्ताव : २७ गते सचिवालय बैठक बोलाऔं

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते २०:४४
फाइल तस्वीर

२५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू पर्सि २७ गते सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका छन् । तर, ओलीले सहमति जनाएका छैनन् ।

प्रचण्डसहित सचिवालयका पाँच सदस्यले २२ गते प्रधानमन्त्री ओलीलाई लिखितरुपमै बैठक बोलाउने सहमति दिन आग्रह आग्रह गरेका थिए । पाँच नेताको जोड २३ वा २४ मा बैठक बोलाउने थियो ।

२५ गतेसम्म पनि बैठक बोलाउने सुरसार नदेखेपछि अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर ओलीसँग छलफल गरेका थिए । छिट्टोभन्दा छिटो बैठक बोलाउनुको विकल्प नभएको प्रचण्डको जोड थियो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोलि प्रधानमन्त्री उपत्यका बाहिर (संखुवासभा) जाने कार्यक्रम भएकाले पर्सि २७ गते सचिवालय बैठक बोलाउने सहमति दिन र बैठकमा आउन प्रचण्डले प्रस्ताव गरेका छन् । उनले भने, ‘आजको छलफलमा पनि अध्यक्ष कमरेड केपी शर्मा ओलीले २७ गते बैठक बस्न सहमति जनाइसक्नुभएको छैन ।’

बालुवाटारको भेट लगतै प्रचण्डले धुम्बाराहीस्थित पार्टी कार्यालयमा पुगेर बैठक माग गर्ने चार नेताहरुसँग अनौपचारिक छलफल गरेका थिए । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘हामी अपेक्षा गर्छौ कि उहाँले अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नु भए अनुसार पर्सि बैठक गर्न सहमति जनाउनु हुनेछ र सहमतिकै आधारमा बैठक बस्ने छ ।’

बैठकका लागि प्रधानमन्त्रीले सहमति दिनुभएन भने के हुन्छ भन्ने प्रश्नले संकटको विशिष्ट परिस्थितिमा धैर्यका साथ सहमतिमै बैठक बस्न प्रयत्न गरिरहेको बताए । उनले अघि भने, ‘यो कमजोरी होइन, बरु पार्टी एकतालाई बचाउँदै सहमतिमा बैठक बसेर पार्टी एकता रक्षा गर्ने र पार्टीका  निर्णयहरु कार्यान्वयन गराउने दिशामा अगाडि बढ्ने प्रयत्न हो ।’

पर्सि पनि सचिवालय बैठक बसेन भने के गर्ने भनेर आफूहरुले नसोचेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?