+
+
Shares
एफएनसीसीआई चुनाव :

ढकाल प्यानललाई जिताउन गण्डकीमा समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ४ गते १६:५०

४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानललाई विजयी गराउनका लागि भन्दै गण्डकी प्रदेशले चुनाव ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन गरेको छ ।

गण्डकी प्रदेशका अध्यक्ष संजीवबहादुर कोइरालाको संयोजकत्वमा सो प्रदेशका सबै जिल्ला नगरका अध्यक्ष तथा पूर्व अध्यक्षहरुसहित समिति गठन गरेको हो ।

महासंघको ५४औं वार्षिक साधारणसभा एवं आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्ष उम्मेदवार गुणनिधि तिवारी र जिल्ला नगर तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई निर्वाचित गराउन चुनाव प्रचारप्रसार कमिटि गठन गरिएको संयोजक कोइरालाले जानकारी दिए ।

‘अहिले म म्याग्दीमा आइपुगेको छु, हामीले समिति नै गठन गरेर चुनाव प्रचार तीव्र बनाएका छौं’ कोइरालाले टेलिफोनमा भने, ‘सबै अध्यक्षहरुको आग्रहमा समिति बनाइएको हो, कसरी हुन्छ ढकाल प्यानललाई हामी जिताउने अभियानमा छौं ।’

गण्डकी प्रदेशले यसअघि नै ढकाल प्यानललाई बिजयी गराउन सर्वसम्मत निर्णय समेत गरिसकेको छ । समितिमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कार्यसमितिका ११ जना, गण्डकी प्रदेश भित्रका २० वटा उद्योग वाणिज्य संघका अध्यक्षहरु र पूर्व अध्यक्षहरु गरी जम्मा ५१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?