Comments Add Comment

आत्मघाती गोल मद्दतमा एट्लेटिको मड्रिडको साँघुरो जित

१४ मंसिर, काठमाडौं । आत्मघाती गोलको मद्दतमा एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा भ्यालेन्सियालाई पराजित गरेको छ । गएराति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई १-० ले पराजित गरेको हो ।

भ्यालेन्सियाका टोनी लाटोले दोस्रो हाफमा गरेको आत्मघाती गोल नै एट्लेटिकोलाई ३ अंक दिलाउन प्रयाप्त बन्यो । एट्लेटिकोका यानिका कारास्कोले प्रहार गरेको बललाई टोलीलाटोले आफ्नै पोष्टमा गोल गरे ।

एट्लेटिकोले ला लिगामा लगातार छैंटौं खेलमा जित हात पारेको हो । यस्तै ला लिगामा अपराजित खेल संख्या २५ पुर्‍याएको छ ।

जितपछि एट्लेटिकोले शीर्ष स्थानको रियल सोसिडाडसँग अंक बराबरी गरेको छ । दुवैको समान २३ अंक छ । तर सोसिडाडले १० र एट्लेटिकोले ९ खेल खेलेका छन् ।

पराजित भ्यालेन्सिया भने ११ खेलबाट १२ अंकसहित ११औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment