+
+
Shares

काठमाडौं प्रहरी प्रमुखको निर्देशन – कानुन कार्यान्वयनमा कठोर भएर प्रस्तुत हुनुस्

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १९ गते १८:४२

१९ मंसिर, काठमाडौं । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले कानुन कार्यान्वयनमा कठोर भएर प्रस्तुत हुन प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको निरीक्षण गर्दै उनले नागरिकप्रति उत्तरदायी हुँदै नम्र बोली, बचन र व्यवहारको साथ प्रस्तुत हुँदै कानुन कार्यान्वयनका क्रममा कठोर बन्न निर्देशन दिएका हुन् ।

सिंहले भनेका छन्, ‘गुण्डागर्दी, चन्दा आतंक, फिरौती, धाकधम्की लगायतका गतिविधिहरु निर्मुल पार्न सके मात्र समाज शान्त र भयरहीत हुन्छ । यो कुरा केवल नेपाल प्रहरीले मात्रै गर्न सक्ने हुँदा सोतर्फ नडगमगाई काम गर्नुस् ।’

उनले निरीक्षणपछि निर्देशन दिँदा महाराजगञ्जका डीएसपी रोशन खड्का, बुढानीलकण्ठ र गोंगबु प्रभागका निरीक्षकसहित अन्य अधिकारीहरु उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?