Comments Add Comment

ओलीलाई छाडेर प्रचण्ड–माधव समूहमा फर्किए शेरबहादुर र उषाकला

९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहतिर लागेका छन् । सोमबार र मंगलबार ओली समूहको बैठकमा सहभागी हुँदै आएका उनी प्रचण्ड–माधव समूहतिर फर्किएका हुन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका तामाङ सोमबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सांसदहरुको बैठक र मंगलबार केन्द्रीय सदस्यहरुको बैठकमा सहभागी भएका थिए ।

तर, आज उनी प्रचण्ड–माधव पक्षको बैठकमा जाने भएका छन् । तामाङ सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् ।

उनकी पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । उनलाई ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो । उनले केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् ।

‘प्रधानमन्त्री केपी कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदयबाट कृतज्ञ जाहेर गर्दछु,’ उनले भनेकी छन्, ‘तर मेरा ग्यानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महसुस भएको छ, त्यसकारण विनम्रताका साथ उक्त केन्द्रीय कमिटी सदस्य म नरहेको सबैमा अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment