
९ पुस, काठमाडौं । जनता समाजवादी पार्टीले संसद विघटन नभएको भन्दै बैठक आह्वान गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।
बिहीबार जसपाका नेताहरुले सभामुख सापकोटालाई भेटी प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको र संसद जीवित रहेको भन्दै बैठक आह्वान गर्न आग्रह गरेका हुन् ।
भेटपछि नेता लक्ष्मणलाल कर्णले भने ‘हामीले सभामुखलाई सार्वभौम संसद बोलाउन हामीले आग्रह गर्यौं । सभामुखले हाम्रो कुरा सुन्नुभयो र सबै दलसँग आफ्नो भूमिकाबारे छलफल गर्ने जवाफ दिनुभयो ।’
भेटमा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4