
अशोक राई
२१ असार, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
महासचिव मो. इस्तियाक राईका अनुसार संसदीय दल र केन्द्रीय पदाधिकारीको बैठकले कांग्रेस–एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो । यससँगै मन्त्रीहरू राजीनामा बुझाउन गएका छन् । जसपाबाट नवलकिशोर साह वन, प्रदीप यादव स्वास्थ्यमन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री थिए ।
प्रधानमन्त्री प्रचण्डलाई समर्थन फिर्ताको जानकरी पनि गराइने महासचिव राईले बताए । २३ वैशाखमा जसपा नेपालबाट फुटेर बनेको जसपामा ७ सांसद छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4