+
+
Shares

साझा राष्ट्रिय कार्यदिशा आवश्यक छ : अशोक राई

जनता समाजवादी पार्टी(नेपाल)का केन्द्रीय अध्यक्ष तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मुलुकमा राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार सुनिश्चित गर्न साझा राष्ट्रिय कार्यदिशा आवश्यक रहेको बताएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १३:४४

११ फागुन, धरान (सुनसरी) । जनता समाजवादी पार्टी(नेपाल)का केन्द्रीय अध्यक्ष तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मुलुकमा राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार सुनिश्चित गर्न साझा राष्ट्रिय कार्यदिशा आवश्यक रहेको बताएका छन् ।

पार्टीको निर्वाचन परिचालन समिति, सुनसरी क्षेत्र नम्बर १ ले आज धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राईले आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्थगित हुन सक्ने हल्ला बाहिर सुनिएको भए पनि त्यस्तो कदम मुलुक र जनताको हितमा नहुने धारणा राखे ।

निर्वाचनपछि गठन हुने नयाँ संसद्ले जनताको ताजा ‘म्यान्डेट’सहित देशको नेतृत्व गर्ने उल्लेख गर्दै संसद्भित्र र बाहिर रहेका सबै राजनीतिक शक्तिबीच संवाद र सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।

अध्यक्ष राईले लोकतान्त्रिक प्रक्रियामा अवरोध आउन नदिन र दीर्घकालीन रूपमा देशलाई फाइदा पुग्ने सहमतिमूलक राजनीतिक संस्कार विकास गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?