+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
कर्णाली याक्स 2025
116/1 (14.6)
Shares

जसपा बैठक आज पनि, पार्टी एकताबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठक २ मंसिर दिउँसो २ बजे बस्दैछ।
  • बैठकमा नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने वा मधेसवादी दलसँग मिल्नेबारे औपचारिक निर्णय लिने तयारी छ।
  • कार्यकारिणी समितिमा चार जना आमन्त्रित सदस्यसहित १५ जना सदस्य छन् र दुई धारणा प्रस्तुत भएका छन्।

२ मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठक आज पनि बस्दैछ ।

नवगठित नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने वा मधेसवादी दलसँग मिल्नेबारे निर्णय लिन जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

सोमबारदेखि बसेको बैठक बुधबार निर्णयमा पुग्ने जसपाका नेता प्रदीप यादवले जानकारी दिए । कार्यकारिणी समितिमा चार जना आमन्त्रित सदस्य सहित १५ जना छन् ।

नेता यादवका अनुसार नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने वा मधेसवादी दलसँग मिल्ने विषयमा दुई थरी धारणा आएका छन् ।

आजको बैठकले पार्टीले औपचारिक निर्णय लिने जानकारी गराइएको छ । बैठक दिउँसो २ बजेदेखि बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?