३२ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चोइटिएर जानेहरुको कुनै प्रभाव नरहेको महाधिवेशनले पुष्टि गरेको दाबी गरेका छन् ।
शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले जसपा नेपालसँग जनता र जनतासँग जसपा नेपाल रहेको महाधिवेशनले पुष्टि भएको बताए । उनले २३ वैशाखमा पार्टी विभाजन गरेर गएकाहरु नेताहरुलाई अभागीको संज्ञा समेत दिएका छन् ।
‘केही अभागी व्यक्ति पार्टीबाट चोइटिएर गएका छन् । उनीहरुको कुनै प्रभाव पार्टीमा नरहेको महाधिवेशनले पुष्टि भएको छ’ उनले भने, मधेशसहित पहाड हिमालसहित ७७ वटै जिल्लाका जनता जसपासँग छ, जसपा नेपाल जनतासँग छ ।’
उत्साहजनक सहभागीता र एकताको सन्देशका साथ महाधिवेशन सफल भएको उनको दाबी छ । उनले अगाडि भने, ‘समावेशी, राष्ट्रिय चरित्र, क्रियाशील एउटा टिम निर्माण गरी थप दायित्व मलाई दिएको छ ।’
अध्यक्षमा यादव निर्विरोध निर्वाचित भभएका थिए । बाकीँ सबै पदमा उम्मेदवारी परेको थियो । तर मतदान स्थगित गरेर नेतृत्व चयन गर्ने अधिकार अध्यक्ष यादवलाई दिइएको छ ।
योग्यता, वैचारिक स्पष्टता, सक्षमताका आधारमा पदाधिकारीसहित केन्द्रीय समिति बनाउने उनले बताए ।
प्रतिक्रिया 4