+
+
Shares

संविधान संशोधनको मुद्दामा भोट माग्दै उपेन्द्र यादव

घरदैलोका क्रममा यादवले मतदातासँग संविधान संशोधन गरी बाँकी अधिकार प्रत्याभूत गराउन र विकासका काम अगाडि बढाउन भन्दै भोट मागिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते २१:१८

४ फागुन, सप्तरी । फागुन २१ मा हुनलागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका उपेन्द्र यादवले औपचारिक प्रचार-प्रसार थालेका छन् । सोमबारबाट घरदैलो अभियान सुरु गर्दै अध्यक्ष यादवले प्रचारप्रसारलाई औपचारिकता प्रदान गरेका हुन् ।

यादव यसपटक सप्तरी-३ बाट उम्मेदवार छन् । विकासको दृष्टिकोणबाट जिल्लाकै पछाडि परेको क्षेत्र मानिने डाक्नेश्वरी नगरपालिकाबाट उनले घरदैलो थालेका छन् ।

जसपा नेपालका सचिव एवं निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्रप्रसाद साहका अनुसार अध्यक्ष यादवले पहिलो दिन डाक्नेश्वरीको वडा नम्बर-७ का मझौरा, ब्रह्मपुर, सिंगिया तथा वडा नम्बर-१ का कविलासा, मधुवनीलगायतका गाउँका मतदाताका घरदैलोमा अध्यक्ष यादव पुगेका छन् ।

घरदैलोका क्रममा यादवले मतदातासँग संविधान संशोधन गरी बाँकी अधिकार प्रत्याभूत गराउन र विकासका काम अगाडि बढाउन भन्दै भोट मागिरहेका छन् ।

घरदैलो कार्यक्रममा पूर्वमन्त्री रेणुकुमारी यादव, केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साह, केन्द्रीय सदस्य विदेश्वरप्रसाद यादवलगायतका नेताहरू पनि सहभागी छन् ।

सप्तरी-३ मा विष्णुपुर, रूपनी, राजगढ गाउँपालिका र शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकाको भूगोल पर्दछ । यो क्षेत्रमा कुल एक लाख ११ हजार ८७१  मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?