+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

विगतमा सरकारमा बसेका दल असफल हुँदा अहिलेको परिस्थिति आयो : यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २ गते १८:१५

२ फागुन, काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा सरकार सम्हालेका दलको असफलताका कारण मुलुकमा वर्तमान परिस्थिति सिर्जना भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले विगतमा सरकार सम्हालेर दुई तिहाई दावी गर्ने दलहरुको असफलता, अकर्मण्यता र अदुरदर्शीताका कारणले मुलुकमा वर्तमान परिस्थीति सिर्जना भएको र ८४ को निर्वाचन ८२ मा गर्ने अवस्था बनेको आरोप लगाएका हुन् ।

जेनजी आन्दोलनपछि बनेको सरकारले राजनीतिक द्वन्द्व र राष्ट्रिय सवालहरूलाई हल गरेर चूनाव गरेको भए आगामी संसद थप प्रभावकारी हुने भएपनि त्यसो हुन नसकेको उहाको भनाइ छ ।

यादवले जेजस्तो परिस्थीति भएपनि चूनाव नजिकिदै गएकाले मुलुक र जनताको समस्या हल हुने गरि अघि बढ्नुपर्नेमा जोड दिए ।

मुलुकमा लोकतन्त्र जोगिएपनि संविधानमा संघीयताको संरचना अझै पनि मिल्न नसकेको उनको भनाइ छ ।

उनले अब शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई परिवर्तन गरेर मात्रै मुलुकलाई सफल बनाउन सकिने धारणा राखे ।

उनले निर्वाचनका लागि पार्टीले सार्वजनिक गरेको घोषणा पत्रमा संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरवलोकन आयोग गठन गरिने देखि स्वदेशमा नै रोजगारी, निशुल्क स्वास्थ्य, शिक्षा, सम्पती छानबिन लगायतका बिषयमालाई प्राथमिकताका साथ समावेश गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?