+
+

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, स्वास्थ्यमा हृदयेश त्रिपाठी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १० गते २०:११

१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका उनले केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ । स्वास्थ्यमा हृदयेश त्रिपाठी आएका छन् । त्रिपाठीले सम्हाल्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने शुक्रबार मात्र मन्त्री बनेका गणेश ठगुन्ना आएका छन् ।

यस्तै कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ भने भूमि व्यवस्थामा रहेकी पद्‍मा अर्याललाई कृषि तथा पशुपंक्षी विकास मन्त्री बनाइएको छ ।

यसअघि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका लीलानाथ श्रेष्ठलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?