Comments Add Comment

दुनियाँका पाँच अनौठा जन्म संस्कार

कुनैपनि परिवारमा बच्चाको जन्म हुनु निकै खुसीको कुरा हुन्छ । बच्चाको जन्म संस्कार मनाउने परम्परा चाहिँ देश, धर्म, समुदाय वा सम्प्रदाय पिच्छे फरक फरक हुनसक्छ ।

संसारका कतिपय समुदायमा बच्चाको जन्म भएसँगै विभिन्न खाले अनौठा प्रकारका संस्कारहरु निभाइन्छ । तपाइँ हाम्रो अनुमान विपरित कतिपय विकशित देशहरुमा समेत यस्ता अनौठो संस्कारहरु प्रचलनमा रहेका छन् ।

जापानमा नवजात बच्चाको गर्भनालको ठूलो महत्व छ । जापानलाई गर्भनाललाई मातृत्वसँग जोडिएको प्रतिकका रुपमा लिइन्छ । त्यसैले नाललाई सम्मान गर्नुपर्छ भन्ने मान्यता छ । त्यसैले गर्भनाललाई फ्याँकिदैन, बहुमूल्य तथा आकर्षक डिब्बा बनाएर सजाएर राखिन्छ । जापानी भाषामा यसलाई जभकय-लय-य अर्थात् पेटको पुच्छर पनि भनिन्छ ।

अपि|mकी मुलुक नाइजेरिया तथा घानामा गर्भनाललाई चाहीँ खुसी वा सम्मानको रुपमा नभई शोकको प्रतिकको रुपमा लिइन्छ । अफ्रिकन देशमा बच्चा जन्मिँदाको सालनाललाई बच्चाको जुम्ल्याहाको रुपमा लिइन्छ र मृतकको रुपमा संस्कार पूरा गरेर अन्त्येष्टि गरिन्छ । सालनाल गाड्दा एक रुखको मुनि खाडल खनेर गाडिन्छ ।

इण्डोनेसियाको बाली टापुमा बच्चाको जन्म हुँदा निकै अनौठो संस्कार निर्वाह गरिन्छ । उक्त संस्कारअनुसार बच्चालाई जन्मिएको ३ महिनासम्म जमिन छुन दिइँदैन र कुनैपनि खालको जमिनसँगको सम्पर्कबाट टाढै राखिन्छ । बच्चा ३ महिनाको हुँदासम्म आमाले पूरै समय बच्चालाई काखमा वा पलङको ओछ्यानमा राख्ने गर्छन् ।

चीनको कतिपय परम्परागत समुदायमा प्रचलित एक संस्कार अनुसार बच्चाको जन्म भएको ३० दिनसम्म सुत्केरी आमालाई परिवारबाट टाढा राखिन्छ । उक्त ३० दिनसम्म आमा घरबाट ननिस्किनुका साथै काँचो फल समेत खाँदिनन् । साथै नयाँ आमालाई नुहाउन पनि दिइँदैन । चिनिया भाषामा उक्त सुरुवाती महिनालाई Zuo yuezi भनिन्छ । चीनमा यो परम्परा २ हजार वर्षदेखि प्रचलित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment