Comments Add Comment

प्रदेश १ का आर्थिक मामिलामन्त्री आङ्बो पदमुक्त

११ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् ।

मुख्यमन्त्री राईले शनिबार बेलुका मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी गरेको थियो ।

मुख्यमन्त्री राई, नेकपा ओली समूहका हुन् । पूर्व माओवादी खेमामा आङ्बो प्रचण्ड-नेपाल समूह समूहमा लागेका छन् । यो समूहले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

नेताहरुकाअनुसार प्रचण्ड-माधव समूहका सांसदहरको हस्ताक्षर संकलन भइरहेको छ । त्यसको सूचना पाएपछि मुख्यमन्त्री राईले आर्थिक मामिलामन्त्री आङ्बोलाई बर्खास्त गरेको हुनसक्ने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment