+
+
Shares

१०० वर्षका दाइलाई ९३ वर्षकी बहिनीले लगाइन् भाइटीका

उमेरले सय वर्ष पुगेका दाइलाई ९३ वर्षीया बहिनीले भाइटीका लगाइदिएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते ८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाको गल्याङ नगरपालिका–७ पड्काङमा १०० वर्षका दाइलाई ९३ वर्षीया बहिनीले भाइटीका लगाइदिइन्।
  • बहिनीले दाइलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गरिन्।
  • उमेर ढल्किए पनि दाजुभाइबीचको स्नेह र आत्मीयता उस्तै रहेको दृश्यले भाइटीकाको सांस्कृतिक महत्त्व देखाएको छ।

२६ कात्तिक, स्याङ्जा । उमेरले सय वर्ष पुगेका दाइलाई ९३ वर्षीया बहिनीले भाइटीका लगाइदिएकी छन् । स्याङ्जाको गल्याङ नगरपालिका–७ पड्काङमा तिहारका अवसरमा देखिएको यो दृश्यले दाजुभाइबीचको आत्मीयता र मायालाई झल्काएको छ ।

भाइटीकाका दिन बहिनीले दाइलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गरिन् । उमेरले दुवैलाई शताब्दीको नजिक पुर्‍याए पनि उनीहरूबीचको स्नेह र आत्मीयता भने उस्तै देखिएको छ ।

तिहार अर्थात् यमपञ्चकमा भाइटीकालाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर माला पहिर्‍याउने र सुख, शान्ति तथा दीर्घायुको कामना गर्ने परम्परा छ ।

समयसँगै उमेर ढल्किए पनि दाजुभाइबीचको सम्बन्ध र मायामा कमी नआएको पड्काङको यो दृश्यले भाइटीकाको सांस्कृतिक र भावनात्मक महत्त्वलाई सम्झाएको छ । यो केवल चाडपर्वको परम्परा मात्रै नभई जीवनभर कायम रहने पारिवारिक प्रेम, सम्मान र आत्मीयताको उदाहरण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?