२५ कात्तिक, काठमाडौं । पोखरा भ्रमणमा रहेका ५१ जना विदेशी पर्यटकले भाइटीका लगाएका छन् ।
होटल संघ पोखराले तिहारका अवसरमा बुधबार आयोजना गरेको भाइटीका महोत्सवमा विभिन्न देशका ५१ पर्यटकले टीका लगाएका हुन् ।
उनीहरूलाई रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरूले भाइटीका लगाइदिएका हुन् ।
सो अवसरमा अमेरिका, बेलायत, चीन, जापान, अस्ट्रेलियालगायत विभिन्न १५ देशका पर्यटकले भाइटीका ग्रहण गरेका थिए ।

आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले संघले संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने र आपासी भाइचार अभिवृद्धि गर्ने उद्देश्य महोत्सवले लिएको बताए ।
सो अवसरमा पर्यटकले देउसी खेलेर र नाचगान गरेर समेत रमाएका थिए ।
सो अवसरमा पर्यटकलाई सेलरोटी चखाइएको र महिला पर्यटकलाई पछ्यौरा र पुरुषहरूलाई ढाका टोपी उपहारस्वरुप प्रदान गरिएको थियो ।
प्रतिक्रिया 4