Comments Add Comment

बैंकर्स संघको साधारणसभा १४ पुसमा, को बन्ला उपाध्यक्ष ?

१० पुस, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको आगामी १४ गते साधारणसभा बोलाइएको छ । संघको उपाध्यक्ष र केहि रिक्त सदस्यहरु समेत साधारणसभाबाट चयन गर्ने गरी १३ गतेका लागि साधारणसभा बोलाइएको हो ।

नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भाटनगर संघको उपाध्यक्ष थिए । उनी नेपाल एसबीआई छाडेर एसबीआई बैंक, भारत फर्किसकेका छन् । बैंकको सीईओ नरहेसँगै संघको पद स्वतः रिक्त भएको मानिने व्यवस्थाका कारण अहिले उपाध्यक्ष पद रिक्त छ ।

उता संघका २ कार्यसमिति सदस्य पनि रिक्त रहेको छ । साधारणसभाले उपाध्यक्ष र दुई कार्यसमिति सदस्य थप गर्ने संघले जनाएको छ । संघ श्रोतका अनुसार तीन वटै पद सर्वसम्मत हुने सम्भावना देखिएको छ ।
अहिलेसम्म उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय आकांक्षी देखिएका छन् । संघ श्रोतका अनुसार उनी सर्वसम्मत उपाध्यक्ष चयन हुने लगभग पक्का छ ।

उता कार्यसमिति सदस्यहरुमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डे र सन्तोष कोइराला चयन हुने लगभग पक्का छ । ‘अहिलेसम्म अरु आकांक्षीहरु देखिनु भएको छैन, यसकारण सर्वसम्मत नै हुने सम्भावना बलियो छ’ संघ श्रोत भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment