Comments Add Comment

मन्त्रीको सपथग्रहणमा सभामुख उपस्थित, प्रधानमन्त्रीसँग सामान्य बोलचाल

१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई विहीबारको एक सम्वोधनमा ‘कानून नजानेका, किर्ते सभामुख’को संज्ञा दिएका थिए ।

तर, शुक्रबार मन्त्री परिषद हेरफेर कार्यक्रममा सभामुख सापकोटाले पनि शीतलनिवास पुगेर सहभागिता जनाएका छन् ।

सपथ ग्रहण कार्यक्रममा सभामुख सापकोटाका साथै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना पनि उपस्थित थिए । सपथ ग्रहण कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख एवं अध्यक्ष सहभागी बन्ने प्रचलन छ ।

सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति र प्रधानन्यायाधीश भने सहभागी थिएनन् । उपराष्ट्रपतिले बिरामीको कारण देखाएर आउन नसकेको बताएका थिए । प्रधानन्यायाधीश भने मुद्दा मामिला परेका बेला यस्तो कार्यक्रममा जाँदा विवाद पर्ने भएकाले उपस्थित नभएको स्रोत बताउँछ । तर, विगतमा पनि सानातिना मन्त्री हेरफेर हुने कार्यक्रममा प्रधानन्यायाधीश उपस्थित हुने गरेका थिएनन् ।

मन्त्रीहरुले सपथग्रहण गर्नुभन्दा अगाडि नै प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष शीतलनिवासमा भेला भएका थिए ।  संवैधानिक परिषदको बैठकमा सभामुख अनुपस्थित भएपछि रिसाएका प्रधानमन्त्रीसँग सभामुख सापकोटाको सामान्य कुराकानी भएको स्रोतले बतायो ।

सभामुखले प्रधानमन्त्रीलाई सामान्य सञ्चो विसञ्चो सोधेपछि मन्त्रिपरिषद पुनर्गठनबारे जिज्ञासा राख्दै को–को मन्त्री बन्दैछन् भन्ने नै आफूलाई थाहा नभएको बताएका थिए ।

त्यसपछि प्रधानमन्त्री ओलीले फलाना फलानाले सपथ ग्रहण गर्न लागेका छन् भनेर सभामुखलाई जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment