+
+
Shares

कुन देशमा कति बजे छ टीकाको साइत ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३ गते २१:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा बडादशैंको विजयादशमीको टीकाको साइत बुधबार बिहान १० बजेर २६ मिनेटमा छ ।
  • अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित २३ देशका लागि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।
  • विभिन्न देशमा बस्ने नेपालीका सुविधाका लागि सूर्योदय र दशमी तिथीका आधारमा फरक दिन र समयमा साइत तोकिएको हो ।

३ कात्तिक, काठमाडौं । बडादशैं अन्तर्गत बुधबार विजयादशमीको दिन छ । नेपालमा टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा छ ।

नेपालबाहिर भने फरक मिति र समयमा टीकाको साइत पर्ने गरेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशका लागि फरक फरक साइतहरू निकालेको हुन्छ ।

यस वर्षको बडादशैंका लागि विभिन्न देशहरूमा उत्तम साइतको मिति र समय सार्वजनिक गरिसकिएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित २३ देशका लागि पनि बडादशैंको टीकाको साइत सार्वजनिक भएको छ ।

विभिन्न देशमा हुने बसोबास गर्ने नेपालीहरुको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो । टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथीको आधारमा गरिन्छ ।

त्यसैले टीकाको साइत विभिन्न देशमा फरक दिन र फरक समयमा पर्ने गरेको छ । जस्तै नेपालमा ४ कात्तिक (२१ अक्टोबर) मा टिका हुँदा अमेरिकमा २० अक्टोबर चलिरहेको हुन्छ र साइत पनि सोही मितिमा छ ।

हेर्नुस् साइत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?