Comments Add Comment

सरकार असफल भयो भन्दै राप्रपाले बुझायो सीडीओलाई ज्ञापन पत्र

१२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार असफल भएको उल्लेख गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारविरुद्ध नारा, जुलुस र प्रदर्शनसहित प्रशासनमा पुगेका राप्रपा नेता, कार्यकर्ताले पराजुलीलाई ज्ञापन-पत्र बुझाएका हुन् ।

पत्रमा मुलुक अहिले समकालीन इतिहासको सर्वाधिक कठिन घडीबाट गुज्रिरहेको बताउँदै नेपाली जनजीवन र अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको भनिएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको असंबैधानिक सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको विघटनपश्चात देश अत्यन्त गम्भिर संवैधानिक, राजनीतिक संकटमा समेत फसेको राप्रपाको निष्कर्ष छ ।

पत्रमा अगाडि भनिएको छ, ‘कोभिड–१९ को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र धर्म परिवर्तन रोक्न सरकारको असफलता र उदासीनताको विरोध एवं सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र राज संस्था पुनःस्थापनाको पक्षमा राप्रपा संघर्षमा जाने तयारीमा छ ।’

तस्वीरहरूः चन्द्र आले/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment