+
+

संसद विघटनविरुद्ध काठमाडौंमा जसपाको प्रदर्शन (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते १९:११

१२ पुस, काठमाडौं । संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी  (जसपा)नेपालले आज आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट जुलुस सुरु भएको छ ।  पुतली सडक हुँदै पुनः शान्तिबाटिकामै पुगेर विरोध र्‍याली कोणसभामा परिणत हुनेछ ।

कार्यक्रमलाई पार्टीका वरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राई लगायतले सम्बोधन गर्ने तय भएको छ ।

संसद भंग गर्ने ओलीको कदमविरुद्ध प्रदर्शन गरिएको जसपाले जानकारी दिएको छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?