Comments Add Comment

ओली समूहलाई कमिटीबाट नहटाउनु सच्चिएर आउने अवसर हो : नारायणकाजी श्रेष्ठ

फाइल तस्वीर

२१ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली समूहका नेताहरुलाई संगठनबाट नहटाउनुको कारण सच्चिएर आउने अवसर भएको बताएका छन् । मंगलबार पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले ओली समूहमा रहेका नेताहरुलाई रुपान्तरणका लागि अवसर भएको बताए ।

‘संघर्ष मैत्रीपूर्ण होस्, शत्रुतापूर्ण नहोस् भन्ने नै हो । अझै पनि रुपान्तरणको लागि अवसर दिएका छौं’, उनले भने । निर्वाचन आयोगबाट समेत नेकपाको वैधानिकता आफूहरुले पाउने श्रेष्ठले बताए । प्रचण्ड र माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहमा उभिएकाहरुलाई पनि कमिटीमा कायमै राखेका छन् ।

‘संवैधानिक निकायहरुलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ । त्यसरी स्वतन्त्र ढंगले निर्णय गर्दा हामी नै नेकपा हौं’, उनले भने । आयोगको विधानले जोकोहीले बुझ्ने भन्दै श्रेष्ठले अर्को समूहले विभाजन अगाडिको ४० प्रतिशत बनाए अर्को दल बनाउन पाउने बताए ।

संसद पुनर्स्थापना हुनेमा सतप्रतिशत विश्वास रहेको पनि श्रेष्ठले बताए । प्रचण्ड र माधव समूहले बनाएको जनसंघर्ष समितिका संयोजक रहेका श्रेष्ठले संसद पुनर्स्थापना नभएसम्म संघर्ष कायम हुने पनि बताए ।

पार्टी विभाजन कार्यशैलीगत र व्यवहारका कारणले मात्रै नभएर क्रान्ति र प्रतिक्रान्तिका बीचमा समेत भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment