+
+

कोरोना कहरमा शिव श्रेष्ठले किन जोखिम मोले ?

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २२ गते ११:५९

नायक शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट रिलिज हुँदैछ । कोरोना महामारीका कारण विगत १० महिनादेखि बन्द रहेका हल पौष १० गतेबाट संचालनमा आएपनि दर्शक छैनन् । प्रदर्शकले नयाँ चलचित्र पनि रिलिज गर्न सकेका छैनन् । यस्तो परिस्थितीमा नायक शिव श्रेष्ठले आफ्नो प्रोजेक्ट माघ १ गतेबाट रिलिज गर्ने तयारी गरेका छन् ।

नायक श्रेष्ठले दर्शकले ४० बर्षदेखि दिएको माया र विश्वासका कारण आफूले चलचित्र रिलिज गर्ने हिम्मत गरेको बताएका छन् । उनका अनुसार, कोरोनाको महामारीका कारण कोमामा पुगेका ेचलचित्र क्षेत्रलाई अगाडि बढाउन कोही न कोही अगाडि सर्नैपर्छ । यो समयमा आफू अगाडि सरेको शिवले बताए ।

शिवले यस अगाडि निर्माण गरेको चलचित्र ‘बागमती’ असफल भएको थियो । यसपटक दर्शकले माया दिने अपेक्षा शिवको छ ।

पाकिस्तानी चलचित्रमा काम गरेर नाम कमाएका शिव श्रेष्ठ नेपाली चलचित्रमा खेल्ने भन्दै नेपाल आएका थिए । यसपछि उनले निरन्तर हिट चलचित्र दिए । उनै, शिव चलचित्र क्षेत्रलाई अगाडि बढाउन यसपटक जोखिम मोल्दैछन् । उनको यो जोखिमलाई दर्शकले साथ दिन्छन् या दिदैनन्, प्रतिक्षा गर्नैपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?