Comments Add Comment

आठबीसकोट घटनाप्रति कांग्रेसको निन्दा

७ माघ, काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीलगायतमाथि भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्नलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न तथा घाइतेहरुको उचिव उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

इलाका प्रहरी कार्यालयमा छलफल चलिरहेकै समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट कार्यकर्ताले आक्रमण गर्दा वडाध्यक्ष शाही, तेजबिक्रम आरसी, दीपक केसीसहित पाँच जना घाइते भएको कांग्रेसले जनाएको छ । जसमध्ये वडाध्यक्ष शाही, आरसी र केसीको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि नेपालगञ्ज लगिएको कांग्रेसले जनाएको छ । अन्य दुई जनाको भने आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

नेकपाबाट निर्वाचित वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चदारा, वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विकसहितको समूहले सुरक्षाकर्मीको अगाडि नै उनीहरुमाथि चक्कु प्रहार गरी घाइते बनाएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा यस्ता घटनाहरु पुनः नदोहोर्‍याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment