Comments Add Comment

न्यायाधीश मल्लको प्रश्न : संविधानको मनसाय केमा हेर्ने ?

१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा वकिलहरुले संविधानसभाका अध्यक्ष र सदस्यको अभिव्यक्तिको जिकिर गरेपछि न्यायाधीशले संविधानको मनसाय के मा हेर्ने भनेर प्रश्न गरेका छन् ।

सभाध्यक्ष सुवास नेम्वाङ र संविधानसभाका सदस्य अग्नि खरेलले प्राधनमन्त्रीले सनकको भरमा प्रतिनिधिसभा विघटन गर्न नपाइने व्यवस्था गरेको भनेर केही पहिले दिएको अभिव्यक्ति ५ पुसमा प्रतिनिधिसभा भंग भएपछि भाइरल भएको थियो । नेम्वाङ ओली समूहमा छन् भने खरेल महान्यायाधिवक्ता समेत हुन् र प्रतिनिधिसभा विघटनको बचाउमा बहस गर्दैछन् ।

प्रतिनिधि विघटन असंवैधानिक भएको भन्दै बहस गरेका वकिलहरुले नेम्वाङ र खरेलको पुरानो अभिव्यक्ति र लेखहरुको जिकिर गर्दै आएका छन् । सोमबार संवैधानिक इजलासमा बहस गरिरहेका अधिवक्ता मेघराज पोखरेललाई न्यायाधीश सपना प्रधान मल्लले प्रश्न गरिन्, ‘इन्टेन्सन -मनसाय) के मा हेर्ने ? भीडलाई हेर्ने कि संविधान हेर्ने कि बाहिर बोलेका कुरा हेर्ने ?’

सपनाले सभाध्यक्षको कुरा आयो, अग्निजीको कुरा आयो भन्दै उनले सोधिन्, ‘बाहिर बोलेको, आर्टिकलमा लेखेको कुराले -संविधानको) इन्टेन्सन झल्काउँछ र ?’

जवाफमा अधिवक्ता पोखरेलले इस्यू आउनुभन्दा अगाडि बोलेको कुरालाई प्रमाणको रूपमा लिन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment