+
+
Shares

वर्ल्ड टेनिस टुर जे ५ : अभिलाषा र सोन्जाको जोडी पहिलो

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते १७:२६

२३ माघ, काठमाडौं । नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी वर्ल्ड टेनिस टुर-जे ५ को पहिलो सर्किटअन्तर्गत महिला डबल्समा शुक्रबार पहिलो भएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा अभिलाषा र सोन्जाको जोडीले बेल्जियमकी काट कोपेज र मार्ते लाम्बे्रचको जोडीलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरे । अभिलाषा जारी प्रतियोगिताको महिलातर्फ शीर्ष वरीयता प्राप्त खेलाडी हुन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्स फाइनलमा भने नेपाली जोडी चुके । प्रतिस्पर्धात्मक खेलमा भारतीय जोडी आर्यन लक्ष्मनन् र आर्यन शाहले नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीलाई २–६, ६–२ र १०–६ को सेटमा हराए ।

पुरुष सिंगल्समा भारतका अमन दहिया र स्पेनका टोमस क्युसेडा पेरेज फाइनलमा पुगेका छन् । अमनले फ्रान्सका भेलेन्टिन फाउरेलाई ६–१, ६–१ तथा टोमसले भारतका अग्रिया यादवलाई ६–४ र ६–२ ले हराए ।

महिला सिंगल्समा बेल्जियमका मार्ते लाम्ब्रेज र रोमाने लन्ग्युभिल्लेले उपाधि भिडन्त पक्का गरे । मार्तेले अमेरिकाकी साइना देशपाण्डेलाई २–६, ६–१, ६–३ तथा रोमानेले अमेरिकाकै रुतुजा छप्हल्करलाई ७–५ र ६–४ को सेटमा हराए ।

महिला र पुरुष सिंगल्स फाइनल शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?