Comments Add Comment

वल्र्डलिंकको ‘तहल्का’ योजनाः महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

२५ माघ, काठमाडौं । वल्र्डलिंक कम्युनिकेसन लिमिटेडले इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढि मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउने योजना “तहल्का“ ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकले नेटभिटिले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टिभी च्यानलहरू र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक ७ सय ९९ रुपैयाँमै पाउने कम्पनीले जनाएको छ ।

वल्र्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले इन्टरनेट जडान गरेर पनि इन्टरनेटको प्रयोग धेरै नगर्ने सबै ग्राहकहरुका लागि उपयुक्त हुने गरी तहल्का योजना ल्याएका जानकारी दिए । तहल्का अफर सस्तो भएको हुनाले आधारभूत टिभी प्रयोगकर्ताहरू, सोसल मिडिया लगायत अन्य एपहरू प्रयोग गर्ने ग्राहकहरुका लागि धेरै नै उपयुक्त हुने उनको भनाई छ ।

‘हाम्रो यस प्रयासले सरकारको डिजिटल नेपाल कार्यक्रम लाई समेत सघाउने छ’ प्रमुख कार्यकारी अधिकृत नेपालले भने, ‘हामीले आईपीटीभी र इन्टरनेट सेवा दुबैका लागि मासिक ७९९ रूपैयाँ मात्र शुल्क राखेका छौ ।’

वल्र्डलिंकले यस अफरसँगै नेटभीटी (आईपीटीवी) सेवासँगै कम्बो प्याकमा ६० एमविपिएस सम्मको उच्च गतिको इन्टरनेट प्याकहरू पनि उपलब्ध गराइरहेको छ । ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार विभिन्न इन्टरनेट र टिभी प्यकेजहरू छनौट गर्न सक्ने कम्पनी बताउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment