Comments Add Comment

एकैदिन ११ कम्पनीको सेयर कारोबार रोक्का

२६ माघ, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थासहित ११ कम्पनीहरुको सेयर कारोबार रोक्का भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन पछि नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बिमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबार रोक्का गरिदिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरु तर्फ कालिका लघुवित्तसहित नेशनल माइक्रोफाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ भने बिमा तर्फ गुराँस लाइफ इन्स्यारेन्स कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ ।

जलविद्युत् कम्पनीतर्फ नेशनल हाइड्रोडेभलपर लिमिटेड, पञ्चकन्यामाई हाइड्रोपावर, पाँचथर पावर हाइड्रोपावर र राधी विद्युत् कम्पनीको सेयर कारोबार नेप्सेले रोक्का गरेको छ । यसैगरी युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रोपावर र युनियन हाइड्रोपावर कम्पनीको समेत सेयर कारोबार नेप्सेले रोक्का गरिदिएको छ ।

आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन बोर्डमा अझैसम्म यी कम्पनीहरुले पेश गरेका छैनन् । अहिलेसम्म पनि नेप्सेमा तथा बोडर्ठमा समेत वार्षिक प्रतिवेदन पेश नगरेका कारण यी कम्पनीहरुको सेयर कारोबार रोक्का राखिएको नेप्सेका कामु सहायक प्रवन्धक सुवोध ढुंगेलले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment