+
+
Shares

तस्वीरमा प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन

विकास श्रेष्ठ, चन्द्रबहादुर आले, शंकर गिरी, आर्यन धिमाल विकास श्रेष्ठ, चन्द्रबहादुर आले, शंकर गिरी, आर्यन धिमाल
२०७७ माघ २८ गते २०:२३

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले बुधबार काठमाडौंमा गरेको प्रदर्शन र सभामा देशभरिबाट जनसहभागिता देखियो । शक्ति प्रदर्शन गर्ने सिलसिलामा यो समूहले उपत्यकाका विभिन्न ५ ठाउँबाट जुलुस निकालेको थियो । जुलुस भृकुटीमण्डपमा पुगेर मुख्य सडकमै सभा आयोजना गरिएको थियो ।

राजधानीको सबैभन्दा व्यस्त मानिने क्षेत्रमा सभा राखेको र त्यहाँ दशौं हजार मानिसहरु सहभागी भएका कारण बुधबार दिनभरजसो उपत्यकाको यातायात क्षेत्र प्रभावित भयो । संसद विघटनपछि पुस १४ र माघ ९ गते पनि प्रदर्शनसहितको सभा गरेको प्रचण्ड-माधव समूहले बुधबार गरेको तेस्रो सभा हो ।

सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी मुद्दा सुनुवाइ भइरहेको र निर्वाचन आयोगमा नेकपाको आधिकारिकतासम्बन्धी विवाद रहेका बेला यो समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो ।

त्यस्तै माघ २३ गते नेकपाकै केपी ओली समूहले काठमाडौंमा गरेको सभाको जवाफमा यो सभा गरेको पनि प्रचण्ड माधव समूहका नेताहरुले बताएका छन् । नेकपाको दुई समूहबीच आधिकारिकताको विवाद र अदालतमा संसद विघटनको मुद्दा सुनुवाइ भइरहेका बेला दुबै समूहले सभामा उपस्थितिका आधारमा आधिकारिकता दावी गर्दै आइरहेका छन् ।

प्रचण्ड-माधव समूहले आयोजना गरेको विरोध सभाका केही दृश्यहरु-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?